मंगलवार, ३० बैशाख, २०८२

सार्वजनिक सवारी साधन नचल्दा सर्वसाधारण लाइ सास्ती

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २ फाल्गुन, २०७९

सार्वजनिक सवारी साधन नचल्दा  सर्वसाधारण लाइ  सास्ती

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघ लगाएतका यातायात सम्बन्धित मजदुर संगठनले बिरोध स्वरुप  आज काठमाडौं उपत्यकामा सार्वजनिक सवारी  साधनहरु चलाएका छैनन  ट्राफिक प्रहरी ले लिने जरिवाना ,उसको ज्यादती तथा नया बसपार्क को संचालनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालि ले बस पार्कमा चर्को शुल्क असुलेको तथा सबै गाडीहरु लाइ बसपार्क छिर्न बाध्य बनाएको लगाएतका मागहरु राखेर आन्दोलन गरिरहेका यातायात मजदुरहरुको आन्दोलनले उग्र रुप लिएर हिजो प्रहरी को भ्यान तथा बालाजु बाइपास मा रहेको अस्थाई प्रहरी बिट मा समेत आगजनी गरेको थिए।  अहिले आन्दोलनरत यातायात मजदुर र सरकार बीच बार्ता भैरहेको छ। सवारी साधन नचलाएर बिरोध गर्दा आम मानिसहरुलाई निकै सास्ती बेहोर्नु परेको छ। बाटो मा निजि सवारी साधन हरु मात्र गुडेका देखिन्छन भने कतै कति टेक्सी हरु गुडेका देखिन्छन।  आफ्ना निजि सवारी साधन नहुने हरु बिहानै देखि हस्यांग फस्याङ्ग गर्दै आ आफ्ना गन्तब्य तर्फ गैरहेका छन्।  कतिपय  निजि सवारी साधान हरु ले यात्री हरुलाई लिफ्ट दिएर सघाइरहेका छन्। 

सार्वजनिक सवारी साधन नचल्दा  सर्वसाधारण लाइ  सास्ती

advertisement_1680627706.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif