राष्ट्रिय सन्देश संबाददाता, आईतवार, २३ बैशाख, २०८१
काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहेकी जापानकी परराष्ट्र मन्त्री खामिखावा योकोबीच भेटवार्ता भएको छ। आइतबार दिउँसो परराष्ट्र मन्त्री श्रेष्ठ र जापानकी परराष्ट्र मन्त्री योकोबीच सिंहदरबारमा भेटवार्ता भएको हो।
परराष्ट्रमन्त्री श्रेष्ठसहितको नेपाली प्रतिनिधि मण्डल र जापानका विदेशमन्त्री योकोसहितको उच्चस्तरीय प्रतिनिधि मण्डलबीच द्विपक्षीय भेटवार्ता भएको हो।
परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतकुमार राईका अनुसार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको उक्त भेटवार्तामा द्विपक्षीय सम्बन्ध, क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा छलफल भएको जानकारी दिए । त्यस्तै भेटवार्तामा नेपाल र जापानको सम्बन्धको विविध पक्ष लगायत विषयमा छलफल भएको प्रवक्ता राईले बताए ।