बुधबार, ९ बैशाख, २०८३

पत्रकार दिलभूषण पाठकले पाए सफाइ

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १८ चैत्र, २०८२

पत्रकार दिलभूषण पाठकले पाए सफाइ

२०८२ चैत्र १८, काठमाडौं । पत्रकार दिलभूषण पाठकविरुद्ध हिल्टन होटल प्रकरणमा दायर भएको विद्युतीय कारोबारका सम्बन्धी मुद्दा काठमाडौँ जिल्ला अदालतले खारेज गरेको छ ।

पाठकले बनाएको एक भिडियोबिरुद्ध विद्युतीय कारोबार ऐनमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । प्रहरीले तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाले दिएको उजुरीका आधारमा उनको नाम उल्लेख नगरी मुद्दा दायर गरेको थियो ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुषालको एकल इजलासले बुधबार उक्त मुद्दामा प्रहरीको दाबी नपुग्ने भन्दै पत्रकार पाठकलाई सफाइ दिएको हो ।

पाठकको कार्यक्रम ‘टफटक’ मा प्रसारित सामग्रीमा हिल्टनको होटलको लगानीलाई दिएर विचौलिया दीपक भट्ट र कांग्रेस नेता शेरबहादुर देउवाका छोरा जयवीर देउवा लगायतको नाम चर्चामा आएको उल्लेख गरिएपछि उनीबिरुद्ध प्रहरीले विद्युतीय कारोबारमा मुद्दा चलाएको थियो ।

सोही प्रकरणमा पत्रकार पाठकलाई पक्राउपूर्जी जारी भएकोमा यसअघि नै पाटक उच्च अदालतले पक्राउ नगर्न आदेश दिएको थियो ।

मुद्दाको सुनुवाइका क्रममा जयवीर देउवाले हिल्टन होटलसम्बन्धी समाचारको खण्डन गरेका थिएनन्। समाचारमा त्रुटि भएको दाबीसमेत नगरी केबल साइबर क्राइममा सजाय गर्नमात्रै मागदाबी गरिएको थियो ।

मुद्दामा सफाइ पाएपछि पत्रकार पाठकले आफूले न्याय पाएको प्रतिक्रिया दिएका छन् ।

advertisement_1680627680.gif