बुधबार, ९ बैशाख, २०८३

रामबहादुर थापाको अभिव्यक्तिप्रति विष्णु पौडेलको आपत्ति

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, १९ चैत्र, २०८२

रामबहादुर थापाको अभिव्यक्तिप्रति विष्णु पौडेलको आपत्ति

२०८२ चैत्र १९, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टी संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । प्रतिनिधिसभामा थापाले दिएको धारणा पार्टीको स्थापित नीति विपरीतहेको उनले फेसबुकमार्फत बताएका छन् ।

पौडेलले उक्त विषयमा भोलि बस्ने केन्द्रीय सचिवालय बैठकमा गम्भीर छलफल भई उचित निर्णय हुने अपेक्षा व्यक्त गरेका छन् ।

पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाको अभिव्यक्तिप्रति असहमति जनाएका हुन् । उनले उक्त विषयमा भोलि आयोजना हुने एमाले केन्द्रीय सचिवालय बैठकमा गम्भीर छलफल हुने र उचित निर्णय हुने अपेक्षा व्यक्त गरेका छन् ।

advertisement_1676551694.gif