सोमबार, २९ बैशाख, २०८२

रास्वपाका सभापति लामिछानेको थुनछेक बहस

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १६ पुष, २०८१

रास्वपाका सभापति लामिछानेको थुनछेक बहस

१६ पुष,, कास्‍की। सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा पूर्व गृहमन्त्री रवि लामिछानेसहितका अभियुक्तविरुद्ध थुनछेक बहस सुरु भएको छ।

गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशकसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसहितको मुद्दाको बहस न्यायाधीश नीतिज राईको इजलासमा जारी रहेको स्रेस्तेदार राजन खनालले जानकारी दिए। लामिछाने कात्तिक २ गतेबाट कास्की प्रहरीको हिरासतमा छन्।

लामिछाने, छविलाल जोशीसहित सूर्यदर्शनका पूर्वसञ्चालक कृष्णबहादुर गुरुङ, जिबी एन्ड कम्पनीकी कर्मचारी लीला पछाई र नेचर हर्बस् इन्टरनेसनलका सञ्चालक रामबहादुर खनाल, पूर्व उपाध्यक्ष मीना गुरुङ र पूर्व कोषाध्यक्ष आरती गुरुङको कास्की जिल्ला अदालतमा बयान सकिएको छ।

उनीविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोगमा पुस ७ गते मुद्दा दायर भएको थियो।

लामिछानेलाई सम्पत्ति शुद्धीकरणमा दुईदेखि १५ वर्ष कैद र बिगोको दोब्बर जरिवाना, सहकारी ठगीमा चारदेखि छ वर्षसम्म कैद र संगठित अपराधमा थप ५० प्रतिशत सजाय हुनुपर्ने अभियोगपत्रमा उल्लेख छ।

उनीसँग सहकारी ठगीअन्तर्गत सामूहिक बिगो एक करोड ६२ लाख ६५ हजार, व्यक्तिगत बिगो एक करोड ७५ लाखसहित सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार रुपैयाँ बिगो कायम गरी अभियोगपत्र दर्ता भएको छ।

advertisement_1676551646.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif