राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, २२ बैशाख, २०८०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा नजाने निर्णय गरेको छ । शुक्रबार पार्टी कार्यालय बसुन्धारामा बसेको रास्वपाको संयुक्त बैठकले उक्त निर्णय गरेको हो।
रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारमा नजाने समेत निर्णय गरेको बैठकमा सहभागि एक नेताले बताए।
गएको पुस १० गते पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रास्वपा गृह, शिक्षा र श्रम तथा रोजगार मन्त्रालय लिएर सरकारमा गएको थियो। नागरिकता विवादमा मुछिएर सांसद पद गएसँगै रास्वपा सरकारबाट बाहिरिएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीसँग २१ जना सांसद रहेका छन् ।
कुनै पनि समयमा भएको भ्रष्टाचारको फाइल खोल्ने विषय सरकारको नीति–कार्यक्रममा कार्यक्रमबाट आफ्नो पार्टीका एजेन्डाहरू हटाइएकोमा असन्तुष्टि जनाउॅंदै आएको सभापति रवि लामिछानेले पत्रकारहरूसँगको कुराकानीको क्रममा साथै पद तथा गोपनीयताको शपथ लिएको समय सरकारमा जानेभन्दा फिर्ता लिने सम्भावना बढेको बताएका थिए।