राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, १४ बैशाख, २०८०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सरकारमा नजाने भएको छ। सञ्चारकर्मीसँगको कुराकानीमा सभापति रवि लामिछानेले तत्काल सरकारमा नजाने बताएका हुन।
चितवन २ बाट विजयी भएपछि कामठाडौंमा पहिलोपटक सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति लामिछोने जानकारी गराका थिए। लामिछानेले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिन सक्ने संभावना रहेको बताए। सरकारको न्यूनतम कार्यक्रमबाट आफ्नो पार्टीका एजेन्डाहरू हटाइएकोमा असन्तुष्टि समेत जनाएका छन।
कुनै पनि समयमा भएको भ्रष्टाचारको फाइल खोल्ने विषय नीति–कार्यक्रममा हटाइएको भन्दै उनले सरकारलाई समर्थनको औचित्यमै प्रश्न उठेको बताएका छन्।उनले आफ्नो पार्टी सरकारमा जाने स्थिति अहिले नरहेको प्रष्ट गरेका छन।
उनले दोस्रोपटक संसदमा निर्वाचन भएकोमा रोमाञ्चित बनेको बताउँदै आफूलाई पहिले र अहिलेका दुवै लोगो लगाएर संसद जान मन लागेको उनले बताए ।
बारामा रास्वपाले राम्रो नतिजा ल्याउन नसकेको विषयमा लामिछानेले मधेशमा आफ्नो पार्टीको उपस्थिति नै कमजोर रहेको स्वीकार गरेका थिए ।