राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, ३० चैत्र, २०७९
नेपालगंज, बाँके । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेसन बाट अध्यक्षमा क्षितिज थेवे चयन भएका छन् । उनीसँगै बाँकेका खेमराज शर्मा युवा संघको केन्द्रीय समितिमा लुम्बिनी प्रदेश सचिवमा निर्वाचित भएका छन् । यही असार २७ गते बिहीबार नेपालगन्जमा सम्पन्न साधारणसभाले सर्वसम्मतिले नयाँ नेतृत्व चयन गरेको हो ।
उपाध्यक्षमा अमित लामा, पुष्पा श्रेष्ठ, कृष्णहरि केसी, महाराज गुरुङ, सीता सुवेदी, रमेश तिवारी, प्रकाश गौतम र महासचिवमा सुमन पुरी निर्वाचित भएका छन् । सचिवमा महेन्द्र गुरुङ, राजन थापा, विनय शाह, खेम शर्मा, जय गुरुङ, मोबिन आलम, अनिता कंडाङवा, देवानन्द मेहता, विष्णु चन्द, पार्वत भण्डारी र कुबेर अधिकारी नियुक्त भएका छन् ।
कोषाध्यक्ष (अर्थ विभाग प्रमुख)मा राकेश राई र लेखा आयोगको प्रमुखमा सन्तोष चौलागाई, उपप्रमुखमा नानीराम तिवारी र सचिवमा प्रवीण बोगती नियुक्त भएका छन् । अनुशासन आयोगको प्रमुखमा राकेश लामा, उपप्रमुखमा दीपेश खड्का र सचिवमा राजन नेपाली चयन भएका छन् ।
निर्वाचन आयोगको प्रमुखमा बलराम बेलबासे, उपप्रमुखमा बाबु चटकुली र सचिवमा गोपाल नेपाली नियुक्त भएका छन् ।