बुधबार, २४ पुष, २०८१

advertisement_1730215456.gif

राष्ट्रपति चयनका लागि मतगणना सुरु

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २५ फाल्गुन, २०७९

राष्ट्रपति चयनका लागि मतगणना सुरु

काठमाडौँ । नयाँ राष्ट्रपतिको निर्वाचनका लागि आज सम्पन्न भएको मतदानको मतगणना सुरु  भएको छ । मतगणना नयाँ बानेश्वरस्थित संसद् भवनको मतगणना केन्द्रमा सुरु भएको हो ।

नयाँ बानेश्वरमा रहेको संसद् भवनमा बिहान १० बजेदेखि सुरु भएको मतदान ३ बजे सकिएको थियो। राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयका सहायक मतदान अधिकृत अमृता भण्डारीका अनुसार संघीय संसदतर्फ ३ सय १३ र प्रदेशसभातर्फ ५ सय १८ मत खसेको छ। संसद् भवनमा भएको मतदानमा कुल ८३१ मत खसेको थियो।

मुलुकको तेस्रो राष्ट्रपतिका लागि नेपाली काँग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले)का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् ।

advertisement_1676551646.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg