बुधबार, २४ पुष, २०८१

advertisement_1730215456.gif

राष्ट्रपति चयनका लागि मतदान सकियो-केहीबेरमा मतगणना

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २५ फाल्गुन, २०७९

राष्ट्रपति चयनका लागि मतदान सकियो-केहीबेरमा मतगणना

काठमाडौँ । राष्ट्रपति चयनका लागि मतदानको समय सकिएको छ । नयाँ बानेश्वरमा रहेको संसद् भवनमा बिहान १० बजेदेखि सुरु भएको मतदान ३ बजे सकिएको निर्वाचन कार्यालयले जनाएको छ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयका सहायक मतदान अधिकृत अमृता भण्डारीका अनुसार संघीय संसदतर्फ ३ सय १३ र प्रदेशसभातर्फ ५ सय १८ मत खसेको छ। संसद् भवनमा भएको मतदानमा कुल ८३१ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।भने संघीय संसद र प्रदेशसभा सदस्य गरी ५१ जनाले मतदान गरेनन् ।

राष्ट्रपति निर्वाचनको मतगणना ४ बजेदेखि गर्ने तयारी भएको छ । राष्ट्रपतिमा निर्वाचितलाई बिहीबार साँझ नै निर्वाचित भएको प्रमाणपत्र दिने गरी निर्वाचन अधिकृतको कार्यालयले तयारी गरेको छ ।

advertisement_1676551646.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg