राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, २५ फाल्गुन, २०७९
काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित हुनु भएको छ । राष्ट्रपति चयनका लागि बिहीबार भएको मतदानमा आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित हुनु भएको हो ।
मतदानमा पौडेलले ३३ हजार ८०२ र नेम्वाङले १५ हजार ५१८ मतभार प्राप्त गरेको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिनुभयो । प्रतिस्पर्धी नेम्बाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गर्नु भएको थियो ।
पौडेलले प्रधानन्यायाधीशबाट फागुन २८ गते राष्ट्रपतिको पद तथा गोपनीयताको शपथग्रहण गर्नुहुनेछ । शपथग्रहण पश्चात मात्र उहाँले कार्यभार सम्हाल्न पाउनुहुनेछ । राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेललाई विभिन्न दलका नेताहरुले बधाई दिएका छन्।