शुक्रबार, २६ पुष, २०८१

advertisement_1730215456.gif

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेटवार्ता

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ११ बैशाख, २०८१

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेटवार्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका राजा शेख तमिम विन हमद अल थानीबीच राष्ट्रपति भवन निवासमा शीतल निवासमा द्विपक्षीय भेटवार्ता भएको छ । कतारका अमिर अल थानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै राष्‍ट्रपति भवन शीतल निवास पुगेका हुन् ।

कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार नेपाल र कतारबीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल हुनुका साथै दुबै मुलुकको आपसी सम्बन्धलाई थप मजबुत तुल्याउने विषयमा पनि विस्तृत कुराकानी भएको जानकारी दिएकी छन् ।

शीतल निवासको गण्डकी हलमा भएको भेटवार्तामा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, सवारी व्यवस्थापनको जिम्मेवारीमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्तेतलगायत विशिष्ट पदाधिकारीहरु सहभागी थिए ।

राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा थानी नेपालको दुई दिने राजकीय भ्रमणमा मंगललबार अपरान्ह नेपाल आइपुगेका हुन् । राष्ट्रपति पौडेलले राजा थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरेका थिए । 

advertisement_1680627680.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg