बिहीबार, २५ पुष, २०८१

advertisement_1730215456.gif

राष्ट्रपति रामचन्द्र पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण।

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १७ जेष्ठ, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले गरे   नागरिकता विधेयक प्रमाणीकरण।

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले विवादित अवस्थामा रहेको नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजबाट चार दिने औपचारिक भ्रमणको लागि भारत जाँदैछन । प्रधानमन्त्रीको भारत भ्रमणकै दिन नागरिकता विधेयक प्रमाणीकरण हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यस अघि मन्त्रिपरिषद् बैठकले नै निर्णय गरेर राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरण गर्न आग्रह गरेको थियो ।

अघिल्लो संसदका दुवै सदनले पारित गरेर नागरिकता विधयेक प्रमाणीकरणका लागि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ दुईपटक पठाएको थियो ।भण्डारीले सो विधेयक प्रमाणित नगरी संसदमा फिर्ता पठाएपछि पुनः संसदबाट जस्ताको तस्तै पारित भएको थियो । भण्डारी राष्ट्रपति रहन्जेल संविधान बमोजिम १५ दिनभित्र प्रमाणित नभएको विधेयक पुन संसदले पारित गर्नुपर्ने विज्ञहरुले बताइरहेका छन्।

उता संसदमा पनि सांसदहरुले संसद चलिरहेको बेला उक्त बिधेयक लाइ संसद मा नल्याई राष्ट्रपतिले प्रमरिकरण गर्नुलाई संसद प्रतिको अपमान हुने बताउदै आएका थिए।

advertisement_1730215456.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg