बुधबार, २४ पुष, २०८१

advertisement_1730215456.gif

राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनावका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १७ फाल्गुन, २०७९

राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनावका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू

राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनावका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू  भएको छ । २५ फागुनमा हुने राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि आज फागुन १७ गतेदेखि आगामी चैत ५ गतेसम्म आचारसंहिता लागू हुने निर्वाचन कार्यालयले जानकारी दिएको हो ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माका अनुसार आसन्न राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि आजदेखि आचारसंहिता विभिन्न ११ व्यक्ति, संस्था तथा निकायलाई आचारसंहिता लागू हुने छ।

यो आचारसंहिता नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन, उम्मेदवार तथा उम्मेदवारको प्रतिनिधि, राजनीतिक दल तथा उम्मेदवारको मतदान एवं मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चार प्रतिष्ठान, त्यसका कर्मचारी तथा सञ्चारकर्मी र मतदातालाई लागू हुनेछ ।

advertisement_1676551694.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg