सोमबार, २९ बैशाख, २०८२

रवि लामिछाने र जिबीसहित ३९ जनाविरुद्ध काठमाडौंमा पनि मुद्दा दायर

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २१ पुष, २०८१

रवि लामिछाने र जिबीसहित ३९ जनाविरुद्ध काठमाडौंमा पनि मुद्दा दायर

२१ पुष, काठमाडौं । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा रवि लामिछानेसहित ३९ जना विरुद्ध मुद्दा दर्ता भएको छ । प्रहरीको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा आइतबार मुद्दा दर्ता गरेको हो ।

जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार रामु शर्माका अनुसार जिल्ला सरकारी वकिलको कार्यालयले गोर्खा मिडिया प्रालिका तत्कालीन सञ्चालक समिति सदस्य लामिछानेसहित छविलाल जोशी, स्वर्णलक्ष्मी सहकारीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, उपाध्यक्ष देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सचिव इरान लामा, सहसचिव कविता तामाङ, सदस्य हमेन्त अधिकारी, रविना रिमाल, पूर्वअध्यक्ष दिपक लामाविरुद्ध मुद्दा दर्ता भएको छ ।

यस्तै सविना आलेमगर, सदस्य भक्तबहादुर भोलन, सविता लामा, पूर्वसचिव प्रदीप लामा, लेखा संयोजक गणेशराज श्रेष्ठ, सुनिता नेवा, शान्तिकुमारी सुवेदी, रोमन काफ्ले, कमल लामा, नविन अछामी, कल्पना कुमारी श्रेष्ठ, राजु बराललाई प्रतिवादी बनाएर मुद्दा दर्ता भएको छ । यो सहकारीको एक अर्ब १९ करोड ९५ लाख रुपैयाँ अनियमितता गरेको आरोपमा उनीहरुलाई लागेको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछाने र जोशी अहिले प्रहरी हिरासतमै छन् । कास्की जिल्ला अदालतमा उनीहरुको थुनछेक बहस चलिरहँदा काठमाडौंमा मुद्दा दायर भएको हो

Download the PDF
advertisement_1744958411.jpg
advertisement_1693066608.gif
advertisement_1697293415.gif