राष्ट्रिय सन्देश संबाददाता, आईतवार, २७ माघ, २०८१
२७ माघ, काठमाडौं । राष्ट्रिय सभामा सामाजिक सञ्जाल सम्बन्धित विधेयक पेस भएको छ । आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले सामाजिक सञ्जाल सम्बन्धित विधेयक २०८१ पेस गरेका हुन् ।
विधेयक पेस गर्दै मन्त्री गुरुङले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित,मर्यादित र सुरक्षित बनाउन स्पष्ट कानुन निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए ।
सामाजिक सञ्जालको सही तवरले प्रयोग गरी सामाजिक सद्भाव, सांस्कृतिक सहिष्णुता र सुशासन प्रवर्द्धन गर्न सामाजिक सञ्जाल सञ्चालक र प्रयोगकर्तालाई जिम्मेवार तथा जबाफदेही बनाइ सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित बनाउन खोजिएको उनले बताए ।