राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, २ फाल्गुन, २०७९
काठमाडौँ। सरकारसंगको आजको बार्तामा यातायात मजदुरहरुले काठमाडौं उपत्यकामा आह्वान गरेको सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी गरेका छन् ।
आज सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग भएको वार्तामा सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको बताइएको छ। मजदुरहरुका माग सरकारले सक्ने माग हरु पुरा गर्ने सहमति भए पछि यातायात मजदुरहरुले आज राखेको बन्द को कार्यक्रम फिर्ता लिने सहमति गरेका हुन्।