बिहीबार, २५ पुष, २०८१

advertisement_1730215456.gif

संसदमा मागियो प्रधानमन्त्री प्रचण्डको राजिनामा।

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २९ जेष्ठ, २०८०

संसदमा मागियो प्रधानमन्त्री प्रचण्डको राजिनामा।

काठमाडौँ। संसदमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड को राजीनामा माग गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा समय माग गरी  बोल्दै शाहीले प्रधानमन्त्री प्रचण्डको बिरुद्धमा सर्वोच्च अदालतमा युद्ध अपराधको मुद्दा दर्ता भएको हुदा आफु बिरुद्ध मुद्दा दर्ता भैसकेको र सर्वोच्च अदालतले जेठ ३० गते उनलाई  अदालतमा उपस्थित हुन भनेको भन्दै प्रधानमन्त्रीले राजीनामा दिएर अदालती प्रक्रियालाई निष्पक्ष रुपमा अघि बढ्न दिनुपर्ने माग गरेका छन्। 

प्रतिनिधिसभामा बोल्दै शाहीले भने   सम्माननीय प्रधानमन्त्रीज्यु यो संसदको सदस्य पनि हो । तर आज सम्माननीय प्रधानमन्त्रीज्युको बिरुद्धमा सम्मानित सर्वोच्च अदालतमा युद्ध अपराध जस्तो जघन्य अपराधमा मुद्दा दर्ता भएको छ, र सर्वोच्च अदालतले ३० गते सम्माननीय प्रधानमन्त्रीज्युलाई अदालतमा हाजिर हुन भनेर पत्र काटिसकेको छ,’ उनले भने, ‘म सम्माननीय सभामुखमार्फत सोध्न चाहन्छु, यो ३० गते प्रधानमन्त्रीज्यु अदालतमा जाँदै गर्दा यो देशको प्रधानमन्त्री भएर जानुहुन्छ कि, पुष्पकमल दाहाल प्रचण्ड भएर जानुहुन्छ ?’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

प्रधानमन्त्री प्रचण्ड र भट्टराई विरुद्ध आइतबार सर्वाेच्चमा युद्ध अपराधसम्बन्धी रिट दायर भएकाे छ । माओवादी जनयुद्धकालमा ०५९ सालदेखि बालसैन्यको रूपमा भर्ती भएका लेनिन विष्टले आफूलाई अयोग्न लडाकुको बिल्ला भिराई शिविरबाट निकालेर युद्ध अपराध गरेको भन्दै प्रचण्ड र बाबुराम विरुद्ध रिट दायर गरेका हुन् ।

advertisement_1680627680.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg