बुधबार, ९ बैशाख, २०८३

संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौँ: प्रचण्ड

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २८ चैत्र, २०८२

संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौँ: प्रचण्ड

२०८२ चैत्र २८, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानको रक्षा र जनअधिकारका पक्षमा आफ्नो पार्टी दृढतापूर्वक उभिने बताएका छन्।

पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले  सरकारले संविधानको परिधिभित्र रहेर गर्ने सकारात्मक काममा आफ्नो पार्टीको रचनात्मक सहयोग रहने स्पष्ट पारे।पूर्वप्रधानमन्त्री समेत रहेका  प्रचण्डले राष्ट्रिय हित र जनताका मौलिक हकमाथि आँच आउने कुनै पनि कदम स्वीकार्य नहुने बताए ।"नेपाल राष्ट्रको राष्ट्रिय हितमाथि कहीँ कतैबाट आँच आउन थाल्यो वा जनताले पाएका हक अधिकार खोस्ने गतिविधि भए हामी सदन र सडक दुवै मोर्चाबाट सशक्त प्रतिवाद गर्छौँ," उनले भने।

अध्यक्ष प्रचण्डले पछिल्लो समय सरकारले विद्यार्थी र कर्मचारी ट्रेड युनियनको अधिकारमाथि प्रश्न उठाउन खोजेको भन्दै आपत्ति जनाए । लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिहरूलाई उल्ट्याउने प्रयास नगर्न उनले सरकारलाई सचेत गराए।

उनले  संविधानसम्मत हुने सरकारी कार्यमा सकारात्मक साथ दिने। संविधान र जनअधिकारमाथि हस्तक्षेप भए सडक र सदन तताउने।विद्यार्थी र कर्मचारी ट्रेड युनियनको अधिकार खोस्ने प्रयासको विरोध। जनताको त्यागबाट प्राप्त अधिकारको संरक्षणमा जोड दिएका छन् ।

अन्त्यमा, उनले जनवर्गीय संगठनका अधिकारमाथि कुनै पनि किसिमको छेडखानी नगर्न सरकारलाई चेतावनी दिँदै माओवादी केन्द्र सधैँ परिवर्तनका एजेन्डाको पहरेदार भएर बस्ने दाबी गरे ।

advertisement_1676551537.gif