राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, १६ चैत्र, २०७९
काठमाडौं। अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेस परित्याग गरेको घोषणा गरेका छन। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस वाग्लेले २०४२ सालको सत्याग्रह र २०४६ को जनआन्दोलनदेखिको आफ्नो संलग्नता एवम् ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली कांग्रेस पार्टीबाट अलग हुने निर्णय गरेका हुन ।
अब कांग्रेस कम्युनिस्टका असल व्यक्ति, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका एवम् विदेशमा बसे पनि नेपालको भलो चिताउने नेपालीहरू मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्ने बताउनुभएको छ ।
सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेन्डा बोक्दै २०८० सालको सुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा हुने उल्लेख गर्दै उहाँले आम नैराश्य चिरेर यो देश बन्छ भन्ने आशा जगाउने बनाउनेसमेत प्रण गर्नुभएको छ ।
आउँदो वैशाख १० गते हुने उपचुनावमा वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार हुने भएका छन् । नेपाली कांग्रेसबाट उपचुनावमा टिकट नपाएपछि वाग्ले रास्वपाबाट उम्मेदवार भएका हुन् । नेपाली कांग्रेसबाट उपचुनावमा टिकट नपाएपछि वाग्ले रास्वपाबाट उम्मेदवार भएका हुन् ।