राष्ट्रिय सन्देश संबाददाता, आईतवार, ५ चैत्र, २०७९
काठमाडौँ। देशभरका त्रिभुवन विश्वविद्यालयसहित आंगिक र सम्बन्धन प्राप्त अधिकांश क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आज सुरू भएको छ । बिबाद, तालाबन्दी र विभिन्न आन्तरिक समस्याका कारण केही क्याम्पसहरूमा भने आज निर्वाचन हुन सकेन ।
आइतबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म स्ववियु निर्वाचनका लागि समय तोकिएको छ ।काठमाडौंका २२ आंगिक क्याम्पसहरूमध्ये ७ वटामा आज निर्वाचन हुन नसकेको हो जसमा अस्कल, त्रिचन्द्र, आरआर, विश्वभाषा, मिनभवन, आयुर्वेद कीर्तिपुर, पाटन क्याम्पस रहेका छन्। अरुमा मतदान सुरु भैसकेको तथा काठमाडौं बाहिर पनि अधिकांश स्थानमा स्ववियु निर्वाचन सुरु भएको छ ।
काठमाडौं उपत्यका बाहिरका त्रिभुवन विश्वविद्यालय अन्त्ररगताका पृथ्वीनारायण क्याम्पस पोखरा, ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्ज लगायतका ६ वटा क्याम्पसमा पनि स्ववियु निर्वाचन हुन नसकेको बताइएको छ ।