बुधबार, ९ बैशाख, २०८३

सरकारले गर्यो सहकारी बचतकर्ताको रकम फिर्ताबारे मन्त्रिपरिषद्‌मा छलफल

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १६ चैत्र, २०८२

सरकारले गर्यो सहकारी बचतकर्ताको रकम फिर्ताबारे मन्त्रिपरिषद्‌मा छलफल

२०८२ चैत्र १६, काठमाडौं । सहकारीमा फसेका साना बचतकर्ताको रकम फिर्ता गर्ने विषय सोमबार मन्त्रिपरिषद्‌को बैठकमा उठाइएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा सरकार प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठकमा १ लाख रुपैयाँभन्दा कम रकम भएका पीडितलाई प्राथमिकतामा राखेर भुक्तानी गर्ने तरिका सम्बन्धमा छलफल भएको थियो, तर तत्काल निर्णय भने नभएको बताए ।

यो विषय वाचापत्रमा उल्लेखित छ र संवेदनशील दृष्टिले विचारणीय रहेको सरकार प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

सरकारको कार्यसूचीअनुसार सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया १०० दिनभित्र सुरु गर्ने लक्ष्य राखिएको छ । 

साना र लघु उत्तमी सहकारीमा ठुलो रकम फसेको हुँदा अर्थतन्त्रमा यसको प्रभाव हुन सक्ने भएकाले, रास्वपाको वाचा पत्रअनुसार यसलाई कार्यसूचीमा समावेश गरिएको हो ।

advertisement_1676551694.gif