बिहीबार, २५ पुष, २०८१

advertisement_1730215456.gif

सरकारले पूर्णता नपाउदै गठबन्धनमा खटपट शुरु :खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा।

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १७ चैत्र, २०७९

सरकारले पूर्णता नपाउदै गठबन्धनमा खटपट शुरु :खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा।

काठमाडौँ।जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका अब्दुल खानले पदबाट राजीनामा दिएका  छन् । शुक्रबार गरिएको मन्त्रिमण्डल पुनर्गठनमा जनमतले उद्योग मन्त्रालय पाउने अपेक्ष गरेपनि खानेपानी नै पाएपछि मन्त्री खानले राजीनामा दिएको बताइएको छ ।

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गर्दा पनि  सरकारले पूर्णता भने पाउन सकेको छैन  । अझै ५ मन्त्रालय प्रधानमन्त्रीसँग रहेको छ । ८ मन्त्रालय पाएको नेपाली कांग्रेसले ४ जनाको नाम दिएको छैन भने जसपाले पनि एक मन्त्रीको नाम दिन बाँकी छ । शेखर कोइराला समूह र आम जनता पार्टीबाट सरकारमा सहभागी हुने भनेका प्रभु साह पनि शुक्रबारको मन्त्रिपरिषद् विस्तारमा समेटिएका छैनन् ।भागबन्डामा ८ मन्त्रालय पाएको कांग्रेसबाट पहिलो चरणमा ४ जना मात्र मन्त्री बनेका छन् ।

आन्तरिक विवादका कारण कांग्रेसले पाउने ४ मन्त्रालयमा पछि मन्त्री पठाइने भएको छ। सरकारमा जाने भनेर प्रधानमन्त्री लाइ बिश्वासको मत दिएको रास्वापा आफुले मागेको मन्त्रालय नपाएपछि  सरकारमा सभागी भएन। घटनाहरुलाई नियाल्दा धेरै दल मिलेर बनाइएको गठबन्धनमा सबैको चित्त बुझाउन तथा टिकाउन बर्तमान सत्ता गठबन्धन लाइ हम्मे हम्मे परेको छ। 

यसरी गठबन्धन पटक पटक बन्ने अनि भत्किने गर्दा एक त स्थीर सरकार नहुने भयो अर्को सरकारको काम केवल सरकारलाइ कसरि बचाएर राख्ने भन्ने मात्र रहनाले देश र जनताका समस्यामा खासै ध्यान जान नपाउने देखिन्छ।  

advertisement_1676998982.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg