राष्ट्रिय सन्देश संबाददाता, बुधबार, १५ चैत्र, २०७९
काठमाडौं। १० दलिय सत्ता गठबन्धन दलहरूले मन्त्रालय भागबण्डा टुङ्गो लगाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १० दलिय सत्ता गठबन्धनको बैठकले मन्त्रालयको भागबण्डा टुङ्गो लगाएका हुन।
जनमोर्चा बाहेक कांग्रेसलाई ८ मन्त्रालय, माओवादी केन्द्रलाई प्रधानमन्त्रीसहित ५, नेकपा एकीकृत समाजवादीलाई २, जसपालाई २, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई १, नागरिक उन्मुक्ति पार्टीलाई १, आम जनता पार्टीलाई १, जनमत पार्टीलाई १ राज्यमन्त्रीसहित १ मन्त्रालय र नेपाल समाजवादी पार्टी (नेसपा) लाई १ मन्त्रालयको टुङ्गो लागेको एक नेताले बताएका छन।
भोलि बेलुकासम्म मन्त्रिपरिषदलाई पूर्णता दिने गरि पार्टीले आ–आफ्नो भागमा परेको मन्त्रालयमा मन्त्रीहरुको नाम पठाउने र मंत्रीहरूलाई शपथ ग्रहण गराउने बताइएको छ।