राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, २६ चैत्र, २०८२
२०८२ चैत्र २६, काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहलाई बिहीबार पद मुक्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसमा प्रधानमन्त्री शाहले श्रममन्त्रीलाई हटाउने निर्णय गरेका हुन् ।
रास्वपा सभापति रवि लामिछानेले बिहीबार नै श्रममन्त्री साहलाई कारबाहीका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए। मन्त्री पदमा बहाल रहँदा पदीय मर्यादाको दुरुपयोग गरी आफ्नी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा नियमित कार्यमा संलग्न गराएको आरोप साहमाथि लागेको छ।
पार्टीको केन्द्रीय अनुशासन आयोगले बुधबार नै यस विषयमा विस्तृत अध्ययन गरी प्रतिवेदन पेस गरेको थियो ।आयोगको प्रतिवेदनमा मन्त्री साहको यस्तो गतिविधिले पार्टीको छवि र आदर्शमा आँच पुर्याएको,सिद्धान्त र मर्यादाको उल्लंघन गरेको,सार्वजनिक पदको दुरुपयोग गरेको निष्कर्ष निकालिएको थियो ।
श्रममन्त्री साह १४ दिन मात्र मन्त्रीको रुपमा बहाल रही आज पदमुक्त भएका हुन्।