मंगलवार, ३० बैशाख, २०८२

उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने सहमति

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २५ माघ, २०७९

उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने सहमति

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल भएको छ। ओली निवास बालकोटमा आज भएको भेटवार्तामा उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने सहमति भएको बताइएको  छ ।प्रधानमन्त्रि पुष्पकमल दाहाल ओली संग भेट को लागि आज  बालकोट पुगेका थिए। ओलीसँगको भेटवार्तापछि प्रधानमन्त्री प्रचण्डले उच्च स्तरीय राजनीतिक संयन्त्र बैठक बसेर रास्ट्रपति को बिषयमा टुंगो लगाउने कुरा  बताएका थिए।

सत्ता गठबन्धनमा केहि समय देखि अविश्वासको वातावरण बढ्दै गैरहेको बेला आज  दुइ नेताहरुको  भेटघाट भएको हो । नेपाली कांग्रेसले माओवादीलाई  विश्वासमा लिएर सत्ता गठबन्धनमा फुट ल्याउन खोजिरहेको एस अघि स उसका निर्णयले देखिरहेको छ।  रास्ट्रपति को बिषयमा नेपाली कांग्रेसले  खेल्न खोजिरहेकोले एमालेजनाम आसंका उत्पन्न  भएको छ । आगामी २८ फागुनमा राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्षे कार्यकाल पूरा हुदैछ।  त्यस अघि  २५ फागुनमा राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै छ ।

advertisement_1676551694.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif