मंगलवार, ३० बैशाख, २०८२

उपराष्ट्रपति चयनका लागि मतदान सुरु।

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, ३ चैत्र, २०७९

उपराष्ट्रपति चयनका लागि मतदान सुरु।

काठमाडौँ — उपराष्ट्रपति चयनका लागि आज  संसद् भवन परिसरमा मतदान सुरु भएको छ । निर्वाचन आयोगले मतदानको समय बिहान १० बजेबाट दिउँसो ३ बजेसम्म तोकेको छ। उपराष्ट्रपति पदका लागि  नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जनता समाजवादी पार्टी नेपालबाट रामसहाय यादव, जनता समाजवादी पार्टीबाटै प्रमिला कुमारी र जनमत पार्टीबाट ममता झाको उम्मेदवारी परेको थियो ।।रामसहाय यादव गठबन्धनका साझा उम्मेदवारका रूपमा रहेका छन् भने प्रमिला कुमारीले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको घोषणा गरेकी छिन् । गठबन्धनमै रहे पनि जनमत पार्टीले  पनि उम्मेदवारी दिएको छ  ।राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार  साझा नै नतिजा आउने बताएको छ। 

उपराष्ट्रपति चयनका लागि मतदान सुरु।

advertisement_1676551537.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif