राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, २७ चैत्र, २०८२
२०८२ चैत्र २७, काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन् । आज भएको उपसभामुखको निर्वाचनमा रुवीकुमारी निर्वाचित भएकी हुन् ।
उनले राप्रपा उम्मेदवार सरस्वती लामालाई पराजित गरेकी छन्। आज उपस्थित २५७ मध्ये रुबीकुमारीको पक्षमा २१५ सांसदले मतदान गर्दा राप्रपाकी लामाले ५ मत मात्रै पाइन् ।
रुबीकुमारीलाई सत्तारुढ दल रास्वपा, कांग्रेस र नेकपाले समर्थन थियो। एमालेका २५ सांसद तटस्थ बसेका थिए । तटस्थमा ३७ मत सकेको थियो ।
यससँगै रुवी नेपालकै कम उमेरकी उपसभामुख बन्न सफल भएकी छन् । उनको उमेर जम्मा २५ वर्ष रहेको छ ।
रुबीकुमारीलाई सत्तारुढ दल रास्वपा, काँग्रेस, नेकपाले समर्थन गरेको थियो ।