शुक्रबार, २६ भाद्र, २०८३

भरतपुरमा विद्युतीय कारमा आगलागी, एक जनाको मृत्यु

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

भरतपुरमा विद्युतीय कारमा आगलागी, एक जनाको मृत्यु

२०८३ भदौ २६ चितवन । भरतपुर महानगरपालिका-९ पूर्व-पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । शरीर जलेका कारण मृतकको सनाखत हुन सकेको छैन । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार आज बिहान बा.प्र.०१–०३० च ५५७९ नम्बरको इभीमा आगो लागेको हो । 

आगलागीपछि कारभित्र रहेका एक व्यक्ति बाहिर निस्कन नसकेको र आगो नियन्त्रणमा लिएपछि उनको शव कारभित्रै जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतकको पहिचान भने अहिलेसम्म खुल्न सकेको छैन।

दमकलको सहायताले आगो निभाइएको थियो । कार पूर्ण रूपमा जलेको छ ।  

दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइए पनि आगलागीबाट कार पूर्णरूपमा जलेर क्षतिग्रस्त भएको छ । कारमा कसरी आगो लागेको हो भन्नेबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

advertisement_1676998982.gif