राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, २१ श्रावण, २०८३
२०८३ साउन २१, ललितपुर । ललितपुर महानगरपालिका–१७ ग्वार्को चोकस्थित सडकखण्डमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।
कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको बा २ ख ३५९० नम्बरको बस एक्कासी फ्लाईओभरको भित्तामा ठोक्किएर अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो । बसमा अन्दाजी ३० जना सवार रहेका थिए ।
दुर्घटनामा दोलखाको सैलुङ गाउँपालिका घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका बस्दै आएकी ४० वर्षीया जेनिशा लामाको मृत्यु भएको छ।
घाइते १८ जनालाई तत्काल उद्धार गरी उपचारका लागि बी एण्ड बी अस्पताल तथा ग्लोबल अस्पताल पठाइएको छ। घाइतेहरूको उपचार भइरहेको छ।
दुर्घटनामा संलग्न बसका चालक काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ घर भई हाल भक्तपुरको मालपोत क्षेत्रमा बसोबास गर्दै आएका ३६ वर्षीय लक्षु तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
बि. एण्ड बि. हस्पिटलमा ललितपुरमा उपचाररत घाईतेहरु
१. जिल्ला रामेछाप घर भई हाल भक्तपुर सुर्यबिनायक बस्ने बर्ष २३ कि सुन्निमा योन्जन ।
२. जिल्ला कञ्चनपुर घर भई हाल भक्तपुर बस्ने बर्ष २४ को तुल्सी धानुक ।
३. जिल्ला भक्तपुर भर भई बस्ने बर्ष ४० कि कबिता कार्की
४. जिल्ला सिन्धुली मरिन गा.पा. ३ घर भई हाल भक्तपुर बस्ने बर्ष ३३ को धन कुमार ढोङ ।
५. जिल्ला भक्तपुर ठिमि न.पा. ६ घर भई बस्ने बर्ष ३७ कि लक्ष्मी श्रेष्ठ
६. जिल्ला भक्तपुर चागुनारायण न.पा. ७ सरस्वतीखेल घर भई बस्ने बर्ष २४ कि रशिला दुलाल
७. जिल्ला भक्तपुर सरस्वतीखेल ६ बस्ने बर्ष ६० को कृष्णराम थापा (सह-चालक)
८. जिल्ला काभ्रे बनेपा १४ घर भई हाल भक्तपुर सरस्वतीखेल बस्ने बर्ष ४१ को अमृता कार्की ।
९ जिल्ला ललितपुर महालक्ष्मी न.पा. ५ घर भई बस्ने बर्ष ४० कि कबिता के.सी. ।
ग्लोबल हस्पिटल ललितपुरमा उपचारत घाइतेहरु:-
१. जिल्ला दोलखा घर भई भक्तपुर सुर्यबिनायक बस्ने बर्ष २४ को बिबेक दाहाल ।
२. जिल्ला सिन्धुली घर भई भक्तपुर सुर्यबिनायक बस्ने बर्ष १९ को भगवती खत्री ।
३. जिल्ला भक्तपुर मिलनचोक घर भई बस्ने बर्ष ४७ कि चन्दानाथ सिंह ।
४. जिल्ला भक्तपुर घर भई बस्ने बर्ष २८ कि जुनु सिल्पकार ।
५. जिल्ला ललितपुर महालक्ष्मीस्थान बस्ने बर्ष ४९ कि तुल्सी देवी खड्का ।
६. जिल्ला मोहत्तरी घर भई हाल भक्तपुर गठ्ठाघर बस्ने बर्ष २१ कि अन्जु साह ।
७. जिल्ला कठमाडौं ठमेल घर भई सुर्यबिनायक बस्ने बर्ष २७ को आशुतोष श्रेष्ठ
८. जिल्ला सिन्धुपालचोक घर भई हाल ललितपुर भैसिपाटी बस्ने बर्ष ३६ कि स्तर देउजा ।
९. भारत देश घर भई हाल भक्तपुर कौशलटार बस्ने बर्ष ४५ को मोहम्द समिम ।