शुक्रबार, २२ श्रावण, २०८३

निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म ढंगले अनुसन्धान भइरहेको छ: गृहमन्त्री

राष्ट्रिय सन्‍देश संबाददाता, ३ घण्टा पहिले

निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म ढंगले अनुसन्धान भइरहेको छ: गृहमन्त्री

२०८३ साउन २१, काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म ढंगले अनुसन्धान भइरहेको बताएका छन् । 

राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आइन्दा निर्मला पन्त हत्या प्रकरणको विषय संघीय संसदमा नउठाउन समेत सांसदहरुलाई आग्रह गरे ।

प्रश्नोत्तर कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले ‘कञ्चनपुरकी निर्मला पन्त हत्या जघन्य बलात्कार र प्रकरणमा लामो समय बितिसक्दा पनि सरकारले दोषी पत्ता लगाई न्याय दिन नसक्नुको कारण के हो रु यो राज्य संयन्त्रको असक्षमता हो कि कारबाही गर्न नचाहेको हो रु सरकारले हाम्री चेली निर्मलालाई कहिलेसम्म न्याय दिलाउँछ ?’ भनी प्रश्न सोध्नुभएको थियो । जवाफमा गृहमन्त्री गुरुङले तपाईंहरु सत्तामा हुँदा किन नगर्नुभएको रु भन्दै प्रतिप्रश्न गर्नुभयो ।  गृहमन्त्री सुधन गुरुङले मुलुकमा शान्ति–सुरक्षा कायम राख्ने दायित्वअनुसार हत्या, हिंसा र बलात्कारजस्ता गम्भीर अपराधको अनुसन्धान निरन्तर भइरहेको बताए ।

उनले भने, ‘सरकार मुलुकमा शान्ति सुव्यवस्था कायम गर्नको लागि निरन्तर लागिरहेको छ । यो गृह मन्त्रालयको मुख्य जिम्मेवारी भएकोले पनि यस सचेत छ । हत्या, हिंसा, बलात्कार लगायतका अपराधहरूको अनुसन्धान हामीले क्रमबद्ध रूपले गरिरहेका छौँ । माननीयज्यूले उठाउनुभएको विषय एकदमै संवेदनशील छ । यो प्रश्न म हजुरलाई पनि गर्न चाहन्छु । हजुरहरू सत्तामा हुँदा किन नगर्नुभएको हो रु यस्तो गम्भीर विषयमा निर्मला पन्तको आमालाई पीडा दिइरहने हो कि सूक्ष्म रूपले अनुसन्धान गरेर नतिजा दिने हो ? त्यसकारण यस विषयमा धेरै बोल्नु उचित हुँदैन । यस विषयमा हामीले सूक्ष्म ढंगले अनुसन्धान गरिरहेका छौँ । र अब आइन्दा यस्ता प्रश्न राष्ट्रिय सभा र प्रतिनिधि सभामा नउठाइदिन पनि आग्रह गर्न चाहन्छु ।’

उनले पीडित परिवारलाई थप पीडा दिनेगरी बलात्कार जस्ता संवेदनशील विषय संसदमा नभई व्यक्तिगत रूपमा राख्न समेत आग्रह गरे । 

advertisement_1676553908.gif