बिहीबार, २१ श्रावण, २०८३

नेपाल आयल निगमको प्रबन्ध निर्देशकमा नागेन्द्र साह नियुक्त

राष्ट्रिय सन्‍देश संबाददाता, ५ घण्टा पहिले

नेपाल आयल निगमको प्रबन्ध निर्देशकमा नागेन्द्र साह नियुक्त

२०८३ साउन २१, काठमाडौँ । सरकारले नेपाल आयल निगमको प्रबन्ध निर्देशकमा नागेन्द्र साहलाई नियुक्त गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई नेपाल आयल निगमको प्रबन्ध निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको प्रशासन सिंहदरवार विशेष स्रोतले जानकारी दिएको छ ।

खुला प्रतिस्पर्धामार्फत छनोट प्रक्रियापछि मन्त्रिपरिषद्ले साहलाई निगमको नेतृत्वको जिम्मेवारी दिने निर्णय गरेको हो ।

नेपाल आयल निगम मुलुकमा पेट्रोलियम पदार्थको आयात, भण्डारण, वितरण तथा आपूर्ति व्यवस्थापन गर्ने सरकारी स्वामित्वको प्रमुख सार्वजनिक संस्थान हो । नयाँ नेतृत्वसँगै निगमको सेवा प्रवाह, आपूर्ति व्यवस्थापन तथा संस्थागत सुधारलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

advertisement_1676998982.gif