बिहीबार, २१ श्रावण, २०८३

ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन

राष्ट्रिय सन्‍देश संबाददाता, ४ घण्टा पहिले

ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन

२०८३ साउन २०, काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास वितरणका समस्या समाधानका निम्ति द्रुत प्रतिकार्य टोली गठन गरेको छ ।

उपभोक्तालाई झन्झटरहित रूपमा ग्यासको व्यवस्था गर्ने उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल आयल निगम, उद्योग विभाग तथा ग्यास उद्योगका प्रतिनिधिको संलग्नतामा टोली गठन गरिएको हो ।

टोलीले आजदेखि नै कार्य प्रारम्भ गरिसकेको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । ग्यासको आयात नियमित भइरहेको जनाउँदै निगमले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा आपूर्तिमा समस्या भएको स्वीकार गरेको छ ।

advertisement_1676998982.gif