राष्ट्रिय सन्देश संबाददाता, १५ घण्टा पहिले
२०८३ साउन २०, काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।
सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार मन्त्रिपरिषद्को बैठक बुधबार बिहान ११:३० बजे बस्ने गरी तय भएको हो ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने उक्त बैठकमा सरकारका नियमित कामकारबाही, समसामयिक राजनीतिक विषय तथा नीतिगत निर्णयबारे छलफल हुने जनाइएको छ ।