शुक्रबार, २२ श्रावण, २०८३

आठबीसकोट नगरप्रमुखसहित ११ जना विरुद्ध करोडौँ बिगो दाबी

राष्ट्रिय सन्‍देश संबाददाता, ४ घण्टा पहिले

आठबीसकोट नगरप्रमुखसहित ११ जना विरुद्ध करोडौँ बिगो दाबी

२०८३ साउन २१, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको आठबीसकोट दुग्ध सहकारी संस्थालाई उपलब्ध गराइएको सरकारी अनुदान दुरुपयोग गरेको आरोपमा आठबीसकोट नगरपालिकाका नगरप्रमुख, कर्मचारी तथा सहकारीका पदाधिकारीसहित ११ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा कार्यविधि विपरीत चिस्यान केन्द्र निर्माणका लागि रु. ९१ लाख १७ हजार ८७३ र मिल्क ट्याङ्कर तथा दुई वटा गाडी खरिदका लागि नगरपालिकाबाट रु. ८० लाख २३ हजार ५१ बराबरको अनुदान दुरुपयोग गरिएको आयोगको ठहर छ ।

आयोगका अनुसार नगरप्रमुख रवी केसी र प्रमुख प्रशासकीय अधिकृत मणिराज शाह विरुद्ध जनही रु. ८० लाख २३ हजार ५१ तथा तत्कालीन पशु विकास अधिकृत सुवर्ण सिंह ठकुरीसहितका पाँच जना प्राविधिक/कर्मचारी विरुद्ध झुट्टा प्रतिवेदन तयार गरेको आरोपसमेत थपेर जनही रु. ९१ लाख १७ हजार ८७३ बिगो कायम गरी अभियोजन गरिएको छ ।

साथै, सहकारीका अध्यक्ष जनक बटाला लगायत चार जना पदाधिकारीलाई गैरकानुनी लाभ लिई मतियार बनेको आरोपमा कुल बिगो बमोजिम मुख्य कसुरदारसरह सजाय, जरिवाना र कैदको मागदाबी गरिएको छ ।

advertisement_1680627706.gif