राष्ट्रिय सन्देश संबाददाता, सोमबार, २५ कार्तिक, २०८२
२०८२ कार्तिक २४, काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडले किर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई सम्मान गरेको छ । शेर्पाले ३१औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणको क्रममा लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानर सहित उच्च शिखरमा पुग्न सफल भएका थिए ।
लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानर सहित उच्च शिखरमा पुग्न सफल भएकोमा विकास बैंकले आइतबार सम्मान कार्यक्रमको आयोजना गरी प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले शेर्पाको उत्तरोत्तर प्रगतिको कामना सहित सम्मान गरेका हुन् ।
देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंकको विभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेको छ ।
लुम्बिनी विकास बैंकले ‘निरन्तर सहयात्रा’भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरुसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।