बिहीबार, २८ कार्तिक, २०८२

महाधिवेशनको बिषयमा कांग्रेस अझै अनिर्णित

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २६ कार्तिक, २०८२

महाधिवेशनको बिषयमा कांग्रेस अझै अनिर्णित

२०८२ कार्तिक २५, काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टीको १५औं महाधिवेशन कसरि र कहिले गर्ने भन्ने बिषया अहिले सम्म पनि टुंगो लागेको छैन । नियमित गर्ने वा विशेष महाधिवेशन गर्ने भन्नेमै विवाद भैरहेको बताइएको छ ।

मंगलबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा महाधिवेशनको कार्यतालिकाको सन्दर्भमा सदस्यहरूको फरक फरक धारणा आएको छ । महाधिवेशनका विषयमा एकमत हुन नसक्दा केन्द्रीय कार्यसमिति बैठक लम्बिएको छ। नेपाली कांग्रेसको अहिलेको नेतृत्वको मंसिरमा अवधि सकिने भएकाले त्यसअघि नै नियमित रूपमा महाधिवेशन गर्नुपर्ने अधिकांशको धारणा रहेको बताइएको  छ ।

असोज २८ गतेदेखि सुरु भएको बैठकमा पार्टीको १५औँ महाधिवेशन सम्बन्धी विषयमा निरन्तर छलफल भइरहेको छ । मंगलबार सहमहामन्त्रीद्वय बद्रीप्रसाद पाण्डे र जीवन परियार, केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, डा. मिनेन्द्र रिजाल, दिपक गिरी, अम्बिका बस्नेत, मीनबहादुर विश्वकर्मा, सीता गुरुङ, रामजनम चौधरी, राजीवबिक्रम शाह, प्रकाश रसाइली स्नेही, भीम पराजुली र गोमाकुमारी भट्टराईले धारणा राखेका थिए ।

बैठक बुधबार बिहान ११ बजे पुनः बस्ने कांग्रेसले जनाएको छ।

advertisement_1676551646.gif