राष्ट्रिय सन्देश संबाददाता, १२ घण्टा पहिले
२०८२ कार्तिक ६, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु गएको छ । दुर्घटनामा चालकसहित ६ जना घाइते भएका छन् ।
घाइतेहरूलाई उद्धार गरी सोताङ अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
बिहीबार साँझ माप्य दूधकोशी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिकातर्फ जाँदै गरेको बोलेरो गाडी दूधकोशी गाउँपालिका वडा नम्बर ६ र ७ को सिमानामा रहेको भिरकुनामा दुर्घटनामा परेको हो । गाडी सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो ।
मृतक र घाइते यात्रुहरूको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।