राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, २३ जेष्ठ, २०८२
२२ जेठ २०८२, काठमाडौं । सप्तकोशी नदीमा डुबेर दुईजना शसस्त्र प्रहरीका जवान बेपत्ता भएका छन् । विपद् उद्धार अभ्यासका क्रममा सशस्त्र प्रहरीका २ जना गोताखोर जवान सुरज साउद र हरदेव राजवंशी बेपत्ता भएका हुन् ।
उनीहरू अभ्यासका क्रममा सप्तरीको हनुमाननगर कांकालिनी नगरपालिका– १ कोशी ब्यारेजको ५४ र ५५ नम्बरको ढोकाको उत्तरतर्फ अभ्यासका क्रममा बगेर बेपत्ता भएका हुन् ।
उनीहरूको खोजी भइरहेको छ ।