मंगलवार, १७ असार, २०८२

‘कृषि’ कोशी सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री कार्की

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १५ असार, २०८२

‘कृषि’ कोशी सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री कार्की

२०८२ असार १५, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेश सरकारले ‘किसान पहिलो’ भन्ने अभियान साथ काम गरिरहेको बताएका छन् । आज धान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपालीहरूको मौलिक परम्परासँग जोडिएको धान दिवस महत्त्वपूर्ण दिनको रुपमा रहेको बताए ।

उनले जलवायु परिवर्तनले कृषिमा उत्पादनमा असर परिरहेको बताउँदै यसलाई ध्यानमा राखेर खेती गर्नुपर्ने औल्याए । प्रदेश सरकारले ‘किसान पहिलो’ भन्ने अभियानका साथ काम गरेको चर्चा गर्दै उनले यस वर्षको नीति कार्यक्रम र बजेटमा ‘किसान पहिलो’ भन्ने विषयलाई प्राथमिकता दिएको शुभकामना सन्देशमा बताएका छन ।

पछिल्लो समयमा बसाईसराई र वैदेशिक रोजगारीले गर्दा कृषि क्षेत्रमा असर परिरहेको उल्लेख गर्दै उनले यसतर्फ ध्यान दिनुपर्ने जोड दिए ।

उनका अनुसार कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा कृषिलाई पहिलो प्राथमिकतामा राखेको छ । वैदेशिक रोजगारी र आन्तरिक बसाइँसराइका कारण कृषि क्षेत्रमा जनशक्ति अभाव देखिएको भन्दै उनले यसतर्फ समयमै ध्यान दिन आवश्यक रहेको बताए।

“समृद्ध नेपाल, सुखी नेपाली” भन्ने राष्ट्रिय लक्ष्य पूरा गर्न पनि कृषि क्षेत्रलाई मजबुत बनाउनुपर्ने मुख्यमन्त्री कार्कीको धारणा छ।

धान दिवसकै अवसरमा आज विराटनगरमा आयोजित धान रोपाइँ कार्यक्रममा सहभागी भएका मुख्यमन्त्री कार्कीले आफैं धान रोप्दै उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिए।

उनले उत्पादनमा आत्मनिर्भरता हासिल गर्दै कृषिमैत्री नीति अवलम्बन गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए।

advertisement_1676551537.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif