आईतवार, २९ भाद्र, २०८२

राप्रपाका अम्बरबहादुर विष्ट कोशी प्रदेशसभाको सभामुखमा निर्विरोध निर्वाचित।

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २४ पुष, २०८०

राप्रपाका अम्बरबहादुर विष्ट कोशी प्रदेशसभाको सभामुखमा निर्विरोध निर्वाचित।

बिराटनगर।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अम्बरबहादुर विष्ट कोशी प्रदेशसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् । आज सत्तारूढ गठबन्धन र प्रतिपक्षी दलको समर्थनमा राप्रपाका विष्ट सभामुखमा निर्वाचित भएका हुन् ।


प्रदेशसभामा आज भएको निर्वाचनमा अरूको उम्मेदवारी नपरेको भन्दै उपसभामुख सिर्जना दनुवारले विष्टलाई निर्वाचित घोषणा गरेकी थिईन। विष्टको प्रस्तावकमा भक्तिप्रसाद सिटौला र समर्थकमा प्रेमराज थाम्सुहाङ रहेका थिए  ।

 

अब,विष्टले प्रदेश प्रमुख परशुराम खापुङबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने बताइएको छ।  विष्ट गत निर्वाचनमा समानुपातिकतर्फ प्रदेशसभामा निर्वाचित भएका थिए । 

advertisement_1680627706.gif