मंगलवार, १७ असार, २०८२

आर्थिक वर्ष ०७९/८० को अपरिस्कृत वित्तीय विवरण अनुसार नेपाल विद्युत प्राधिकरण ३६ अर्ब ६७ करोड नाफामा

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २५ श्रावण, २०८०

आर्थिक वर्ष ०७९/८० को अपरिस्कृत वित्तीय विवरण अनुसार नेपाल विद्युत प्राधिकरण ३६ अर्ब ६७ करोड नाफामा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सञ्चित नाफा बढेर ३६ अर्ब ३७ करोड पुगेको छ ।बिहीबार नेपाल विद्युत प्राधिकरणले पत्रकार सम्मेलन गर्दै प्राधिकरणको कुल नाफा ११ अर्बबाट बढेर २ वर्षमा ३६ अर्ब ३७ करोड रुपैयाँ पुगेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा महानिर्देशक कुलमान घिसिङले, विद्युत बिक्रि तथा आयबाट गर्ने आम्दानी २ वर्षअघि ८१ अर्ब रुपैयाँ रहेकोमा अहिले बढेर एक खर्ब १८ अर्ब पुगेको जानकारी दिए ।

प्राधिकरणले विद्युत बिक्री र अन्यबाट गर्ने आम्दानी दुई वर्ष अघि करिब ८१ अर्ब रूपैयाँ रहेकोमा अहिले बढेर करिब १ खर्ब १८ अर्ब पुगेको घिसिङको भनाइ छ । उनका अनुसार प्राधिकरणको सञ्चित नाफा ११ अर्बबाट बढ्दा ३६ अर्ब ६७ करोड रूपैयाँ पुगेको छ ।

महानिर्देशक घिसिङले बजेट र खर्च नियन्त्रणको लागि एकीकृत भुक्तानी एवं अनलाईन भुक्तानी प्रणालीलाई प्रभावकारी बनाईएको पनि जानकारी दिए । विगत २ वर्षमा प्राधिकरणले आफ्नै श्रोतबाट साथै सरकारको कोषमा साँवा ब्याज र रोयल्टी गरी ३० अर्ब जम्मा गरेको उनको दाबी छ ।

उनले भने, ‘बजेट र खर्च नियन्त्रणको लागि एकीकृत भुक्तानी एवं अनलाईन भुक्तानी प्रणालीलाई प्रभावकारी बनाईएको छ । विगत २ वर्षमा प्राधिकरणले आफ्नै श्रोतबाट साथै सरकारको कोषमा साँवा ब्याज र रोयाल्टी गरी ३० अर्ब जम्मा गरेका छौ ।

‘आर्थिक वर्ष २०७७ —७८ मा नाफा ६ अर्ब १० करोड रुपैयाँ रहेको मा २०७८—८९ मा खुद नाफा बढेर १३ अर्ब ३७ करोड रुपैयाँ पुगेको थियो । ७९—८० मा १२ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।’ उनले भने, ‘गत आर्थिक वर्षमा सुख्खा यामको समय बढेर खोला तथा नदी नालामा पानीको बहाव घट्दा हिउँ नपरेको कारणले हिमालमा हिउँको परिमाण घटेकोले प्राधिकरण र नीजि क्षेत्रका जलविद्युत केन्द्रहरु विद्युत उत्पादनमा ह्वास आउँदा आन्तरिक माग धान्न विद्युत आयात केही बढ्दा नाफा प्रभावित भएको हो ।’

उनले विद्युत आपूर्तिमा गड्बढी भएको भन्ने उपभोक्ताको गुनासोलाई सम्बोधन गर्न प्रणालीमा सुधार, पूर्वाधार निर्माण र सुदृढिकरण अगाडि बढाईएको पनि दाबी गरे ।

काठमाडौं उपत्यकासहित देशका प्रमुख ११ शहरहरुको सन् २०५० सम्ममा हुने विद्युतको माग प्रक्षेपण गरी चरणबद्ध प्रशाारण लाईन तथा सवस्टेसनहरुको निर्माण अगाडी बढाएको उनको भनाई छ ।

उनले भने, ‘विद्युत आपूर्तिमा गड्बढी भएको भन्ने उपभोक्ताको गुनासोलाई सम्बोधन गर्ने प्रणालीका पूर्वाधार निर्माण व्यवस्था संरचनाहरु र सुधार र सुदृढीकरण अगाडि बढाईएको छ । काठमाडौं उपत्यकासहित देशका प्रमुख ११ शहरहरुको सन् २०५० सम्ममा हुने विद्युतको माग प्रक्षेपण गरी चरणबद्ध ४ सय २२० र १३२ के.बिका प्रशारण लाईन तथा सवस्टेसनहरुको निर्माण अगाडी बढाईएको छ ।’

महानिर्देशक घिसिङले सेवा प्रवाहलाई आधुनिक तथा स्वचालित बनाउँन डिजिटल एनिय कार्यक्रम अन्तरर्गत प्रशारण तथा वितरण तर्फका सवस्टेसनहरुलाई स्वचालित बनाउन सुरु गरीएको पनि जानकारी दिए ।

प्राधिकरणका निर्देशक घिसिङले प्राधिकरणले सर्वसाधारणका लागि सेयर जारी गर्ने तयारी गरिरहेको बताए ।सर्वसाधारणमा सेयर जारी गर्नका लागि प्राधिकरणले प्रक्रिया अगाडि बढाइसकेको उनले बताए ।

advertisement_1680627706.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif