मंगलवार, १९ श्रावण, २०८३

आफन्तले बुझेनन् कप्तानगञ्ज घटनामा ज्यान गुमाएका रवीन्द्रको शव, गृहमन्त्री अस्पताल जाँदै

राष्ट्रिय सन्‍देश संबाददाता, ४ घण्टा पहिले

आफन्तले बुझेनन् कप्तानगञ्ज घटनामा ज्यान गुमाएका रवीन्द्रको शव, गृहमन्त्री अस्पताल जाँदै

२०८३ साउन १९, काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल जाने भएका छन् ।

त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मेहताको निधन भएको थियो । मृतक २२ वर्षीय रवीन्द्र मेहताको शव आफन्तले बुझ्न अस्वीकार गरेपछि गृहमन्त्री अस्पताल जान लागेका हुन् ।

अस्पताल परिसरमा रहेका आफन्तहरूले गृहमन्त्री स्वयं उपस्थित भएर आफ्ना मागबारे स्पष्ट धारणा दिनुपर्ने माग गर्दै धर्ना दिइरहेका छन् ।

 उनीहरूले गृहमन्त्री सुधन गुरुङ आफैं आएर आफूहरूको माग सम्बोधन गर्नुपर्ने माग राखेका छन् । गुरुङ केहीबेरमा त्रिवि शिक्षण अस्पताल जाँदैछन् ।

आफूहरूको माग पूरा नभइ शव नउठाउने अडान उनीहरूले लिएपछि गृहमन्त्री गुरुङ जान लागेका हुन् ।

advertisement_1676551694.gif