मंगलवार, १९ श्रावण, २०८३

सुकुमवासीलाई लालपुर्जा वितरण गर्न स्थानीय तहले सरकारलाई सहयोग गरेनन्

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

सुकुमवासीलाई लालपुर्जा वितरण गर्न स्थानीय तहले सरकारलाई सहयोग गरेनन्

२०८३ साउन १९, काठमाडौँ । भूमिसुधार मन्त्री प्रतिभा रावलले काठमाडौंमा सुकुम्वासीलाई लालपूर्जा दिने काममा स्थानीय सरकारले असहयोग गरेको गुनासो गरेकी छिन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले दर्ता गरेको भूमिहीन सुकुम्वासीको समस्याका सम्बन्धमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफलका क्रममा मन्त्री रावलले स्थानीय तहले सूचना नै ननिकालेर असहयोग गरेका बताएका हुन् ।

उनले भनिन्, ‘काठमाडौंका हकमा भएको यही नै हो । होल्डिङ सेन्टरबाट ३८८ जनाको परिवारको लगत संकलन गरिएको थियो । उनीहरूमध्ये ५८ परिवारको निवेदन फारम भरेर सम्बन्धित पालिकामा पठाइयो । ५१ परिवारको निवेदन अस्वीकृत भयो भने ५१ परिवारको पहिल्यै आयोगमा दर्ता भएको हुँदा भोली सूचना प्रकाशित हुँदैछ । तर हामीले सम्बन्धित जिल्ला तथा पालिकामा पठाएका सूचना वडाहरूले निकाल्नुपर्ने थियो । तर ४ वटा पालिकाले बाहेक अरूले परिवारको सूचना नै निकालिदिनुभएन ।’

उनले यसका लागि सांसदहरूसँग सहयोग माग्दै स्थानीय तहमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव सर्कुलर गर्न आग्रह गरिन् ।

advertisement_1676551694.gif