बिहीबार, ४ असार, २०८३

चीन भ्रमण सकेर स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

चीन भ्रमण सकेर स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल

२०८३ असार ०४, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी बुधबार राति स्वदेश फर्किएका छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा बेइजिङ पुगेका मन्त्री खनालले भ्रमणका क्रममा विदेशमन्त्री वाङ यी तथा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको अन्तराष्ट्रिय विभाग प्रमुख लिउ हाइसिङसँग भेटवार्ता गरेका थिए ।

उनी चीनका विदेश मामिलामन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार बेइजिङ पुग्नुभएको थियो । भ्रमणका क्रममा सोमबार मन्त्री खनाल र विदेश मन्त्री वाङबीच द्विपक्षीय भेटवार्ता भएको मन्त्रालयले जनाएको छ । सो अवसरमा दुबै देशका प्रतिनिधिमण्डलबीच नेपाल–चीन द्विपक्षीय सम्बन्धका सबै पक्षहरूमा गहन एवम् उपलब्धिमूलक छलफल भएको मन्त्रालयद्वारा आज जारी भ्रमणसम्बन्धी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

साथै, पारस्परिक सम्मान तथा एकअर्काका प्राथमिकता एवम् संवेदनशीलताप्रति रहिआएको प्रतिबद्धता दोहो¥याउँदै दुई पक्षबीच पूर्वाधार, कनेक्टिभिटी, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि, प्रविधि हस्तान्तरण, सूचना प्रविधि तथा डिजिटलाइजेसन, पर्यटन, रासायनिक मल, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषण र जनस्तरको सम्बन्धलगायत विविध क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा छलफल भएको थियो।

यसैगरी, विगतमा सहमति भएका द्विपक्षीय कार्यक्रम तथा परियोजनाहरूको शीघ्र कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै बहुपक्षीय एवम् क्षेत्रीय मञ्चहरूमा साझा हितका विषयमा सहकार्य अघि बढाउने कुरामा जोड दिइएको मन्त्रालयले जनाएको छ । भेटवार्तापश्चात् मन्त्री खनाल विदेशमन्त्री वाङले आयोजना गर्नुभएको रात्रिभोजमा सहभागी भएका थि ए।

चीनअघि उनले भारतको भ्रमण गरेका थिए ।

advertisement_1676553908.gif