आईतवार, ६ बैशाख, २०८३

गृहमन्त्री गुरुङको शेयरमा ४ करोड ३१ लाख लगानी

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २९ चैत्र, २०८२

गृहमन्त्री गुरुङको शेयरमा ४ करोड ३१ लाख लगानी

२०८२ चैत्र २९, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार साँझ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सहित सबै मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

सार्वजनिक सम्पत्ति विवरण अनुसार गृहमन्त्री सुधन गुरुङको विभिन्न कम्पनीमा ४ करोड ३१ लाख रूपैयाँ बढीको शेयरमा लगानी रहेको उल्लेख छ ।

गृहमन्त्री गुरुङले होप होल्डिङस प्रालिमा ३० लाख रूपैयाँको ३० हजार थान शेयर, लगुम प्रिमियम अपार्टमेन्टस प्रालिमा ५७ लाख रूपैयाँको ५७ हजार थान, धितोपत्र बजारमा कारोबार हुने शेयरहरूमा २ करोड ७४ लाख ५६ हजार २ सय रूपैयाँको शेयर र एडभेन्चर भिल्ला प्रालिमा ७० लाख रूपैयाँको ७० हजार थान शेयरमा लगानी सार्वजनिक सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

उनले सबै लगानीको स्रोत व्यवसाय, पैतृक सम्पत्ति र लगानी भनेर उल्लेख गरेका छन् ।

advertisement_1676553908.gif