राष्ट्रिय सन्देश संबाददाता, ३ घण्टा पहिले
२०८२ कार्तिक ३, काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले भागेको भनिएका तत्कालीन ऊर्जामन्त्री दीपक खड्का आफ्नो जलेको घरबाटै सार्वजनिक भएका छन् ।
गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले सम्पत्ति छानबिन सुरु गरेपछि तत्कालीन ऊर्जामन्त्री खड्का भागेको दाबी गरेका थिए । मंगलबार आफ्नो जलेको निवास परिसरमा पत्रकार सम्मेलन गरेर उनले सरकारसँग नडराउने बताए ।
उनले जेनजी आन्दोलनका क्रममा २४ भदौका दिन आफू घरमै रहेको पनि दाबी गरे। उनले घरमा पुगेका आन्दोनलकारीले ढोकामा हान्न थालेपछि आफूले खाना नै खान नपाएको गुनासो गरे।
एक अन्तरवार्तामा गृहमन्त्री अर्यालले भनेका थिए, ‘अहिले हामीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पूर्ण रूपमा सक्रिय बनाइरहेका छौँ। कसैको भागाभागसमेत भएको छ। तत्कालीन ऊर्जामन्त्री भागिसके। अरू पनि भाग्न खोज्दै छन्।’
पूर्वमन्त्री खड्काले घरबाट निस्किएर छिमेकीमा बसेको र राति नेपाली सेनाको ब्यारेकमा बसेको पनि जानकारी दिए।