राष्ट्रिय सन्देश संबाददाता, ७ घण्टा पहिले
२०८३ असोज ०९ काठमाडौँ I नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाले संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले प्रस्तुत गरेको सम्बोधनको प्रशंसा गरेका छन् ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता बाँस्कोटाले प्रधानमन्त्री शाहको सम्बोधन दृढ, सार्थक र जोडदार रहेको टिप्पणी गरेका हुन् ।
आफू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समर्थक नभए पनि प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय मञ्चमा समग्र देशको भावना र आवाजलाई प्रतिनिधित्व गरेकाले खुसी मनले समर्थन गरेको उनले स्पष्ट पारेका छन् ।
“प्रम बालेनको राष्ट्रसंघमा गरेको सम्बोधन दृढ र सार्थक र जोडदार लाग्यो। तर म रास्वपा होइन, उनले देशको भावना बोले-मैले खुसी मनले समर्थन गरेँ।” बाँस्कोटाले फेसबुकमा लेखेका छन्, ।