शनिबार, ५ बैशाख, २०८३

कांग्रेसको देउवा पक्षलाई झट्का , गगनको पक्षमा सर्वोच्चको फैसला

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

कांग्रेसको देउवा पक्षलाई झट्का , गगनको पक्षमा सर्वोच्चको फैसला

२०८३ बैशाख ०४, काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई वैधानिक ठहर गर्दै गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता प्रदान गरेको छ । शेर बहादुर देउवासमेत जना २ द्वारा निर्वाचन आयोगसहित ४ जनालाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलास थापा समूहलाई आधिकारिकता दिने निर्णय सदर गरेको हो । याेसँगै सर्वोच्चले देउवा पक्षले दायर गरेको रिट खारेज गरिदिएको छ ।

सो रिटमा सर्वोच्चका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासमा गत विहीबारदेखि सुनुवाइ भएको थियो । सर्वोच्चले उक्त मुद्दामा रिट खारेज गर्दै निर्वाचन आयोगको निर्णयलाई नै आधिकारिकता प्रदान गरेको हो ।

advertisement_1676551694.gif