शुक्रबार, १३ मंसिर, २०८२

कृष्णबहादुर महरा २० लाख धरौटी बुझाएर रिहा

राष्ट्रिय सन्‍देश संबाददाता, ७ घण्टा पहिले

कृष्णबहादुर महरा २० लाख धरौटी बुझाएर रिहा

२०८२ मंसिर ११, काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरा २० लाख धरौटी बुझाएर रिहा भएका छन् ।

भेपमार्फत सुन तस्करी गरेको प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका महराको हकमा बिहीबार न्यायाधीशहरू अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएसँगै उनी उक्त धरौटी बुझाएर रिहा भएका हुन् । जिल्ला अदालत काठमाडौंका प्रवक्ता दीपक कुमार श्रेष्ठले महरा २० धरौटी बुझाएर रिहा भएको बताएका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले उक्त प्रकरणमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो। जिल्ला अदालतले महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएसँगै उनी पक्राउ परेका थिए ।

महरा त्यसपछि उक्त आदेशविरूद्ध उच्च अदालत पाटनमा पुगेका थिए । तत्काल प्रमाणहरूको आधारमा प्रतिवादीलाई थुनामा नै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्नेसम्मको अवस्था नदेखिएकाले अदालतबाट थुनामा राख्ने गरी भएको असोज २९ गतेको आदेश मिलेको नदेखिँदा बदर गरिदिएको आदेशमा उल्लेख छ ।

advertisement_1676553908.gif